Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


फिदिमबजारबासीलाई निःशुल्क तरकारी


0
Shares

पाँचथर, चैत २० । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–२ का स्थानीयले फिदिमबजारमा निःशुल्क तरकारी उपलब्ध गराएका छन् ।

उनीहरुले साग, धनिया, आलु, इस्कुस, बन्दागोपी, गुन्द्रुक र सिन्कीलगायतका तरकारी निःशुल्क उपलब्ध गराएका थिए ।

उक्त तरकारी जनप्रतिनिधिहरुले घर–घरमा लगेर वितरण गरेका थिए ।

‘लकडाउन’का कारण बजारमा ताजा तरकारीको अभाव हुँदा बजारबासीलाई समस्या पर्दै आएको थियो ।

फिदिम–२ का तालखर्क, मजिटे, सामदिन दंगालगाँउलगायत क्षेत्रका किसानले पठाएको १२ क्विन्टल तरकारी उपलब्ध गराइएको थियो ।