Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्रयाएको २० वर्ष पूरा


117
Shares

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रालिको शक्तिशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।

सो अवसरमा ग्रुपले चन्द्रागिरी हिल्स काठमाण्डौमा एक कार्यक्रमकाबीच सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एमभि दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालिका १५० जना भन्दा बढि कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रालिका सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन लगायतको उपस्थिति रहेको थियो ।

२ दिन सम्म चलेको उक्त कार्यक्रममा एमभि दुगड् ग्रुपका अध्यक्ष मोतीलाल दुगड्ले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताउनुभयो । त्यसैगरी कार्यक्रममा उपाध्यक्ष विवेक दुगड्ले सो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशैभर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु र अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताउनु भयो ।

त्यसैगरी जोन डीयर इण्डीया प्रालिका सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठित र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभि दुगड् ग्रुप सँगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताउनु भयो । उक्त कार्यक्रममा एमभि दुगड् ग्रुपमा लामो समय देखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई अवार्ड वितरण गरिएको थियो ।