काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण फैलिनुअघि भएको धार्मिक सभामा सहभागी भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदमा रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबै रौतहटका हुन् ।
सबैलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै दिल्लीको धार्मिक सभामा गएको वा नगएको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
मार्च १ देखि १५ सम्म दिल्लीमा भएको धार्मिक सभामा २० जना नेपालबाट आएको र त्यहाँ रहेका १३ विद्यार्थी पनि सहभागी भएको यसअघि खुलेको थियो ।
तर उनीहरु दिल्लीमै छन् । तर, धार्मिक सभामा गएकामध्ये थप सात जना सप्तरीमा पनि भेटिएका छन् ।









प्रतिक्रिया दिनुहोस्