
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ ।
बुधबार राति २ बजेदेखि सुरु भएको आगलागी बिहीबार बिहान ७ बजे मात्रै नियन्त्रणमा आएको हो ।
आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको थियो ।
भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् ।
क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्