२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


दुई दिन बिदाको निर्णयले कर्मचारीमा तनाव


43.446k
Shares

काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयले सेवाग्राहीले झन् सास्ती पाउने भएका छन् ।

सेवाग्राहीको बढी भीडभाड हुने कर कार्यालय, मालपोत नापी, यातायात कार्यालयहरूमा झन् भीड बढ्ने भएको छ । एक दिन मात्र सार्वजनिक बिदा हुँदा पनि यी कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । इन्धनको खर्च घटाउने उद्देश्यसहित दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति कर्मचारी नै असन्तुष्ट बनेका छन् ।

सरकारको यस निर्णयबाट १ लाख २५ हजार निजामती कर्मचारीमा उत्साह भर्न नसकेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन् । ती कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘गरिब मुलुकमा दुई दिन काम छैन, खर्च कटौती गर्ने र आन्तरिक पर्यटक बढाउने नीति छ, घरखर्च चलाएर, छोरोछारी पढाएर घुम्ने पैसा कर्मचारीसँग पुग्दैन ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।