Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


माओवादीमै फर्किए एमाले प्रदेशसदस्य तुलसीराम र दधिराम


6.8k
Shares

बागलुङ । नेकपा (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य दधिराम अर्याल नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।

बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरूले नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका हुन् ।

दशवर्षे जनयुुद्द र १९ दिने जनआन्दोलनको विरासत जोगाउन आफूहरू माओवादी केन्द्रमा नै फर्किएको उनीहरूले बताएका छन् ।

२०७० सालमा तुलसीराम अर्याल नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको दधिराम अर्यालले बताउनुभयो ।

‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियावादीले उल्टाउन खोजेका छन्’ अर्यालले भन्नुभयो, ‘युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’

पाँचदलिय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार हुनुभएको छ ।