Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोरोनाभाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या ५५ पुग्यो


0
Shares

काठमाडौं, चैत १९ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ५५ पुगेको छ ।

भारतमा बुधबारमात्रै १० जनाले ज्यान गुमाएका छन् ।

यस्तै, भारतमा हालसम्म कोरोनाभाइरसबाट १६ सय ३७ जना संक्रमित भएका छन् ।

विश्वभर मृत्यु हुनेको संख्या ४३ हजार ४५९ पुगेको छ ।

८ लाख ७५ हजार ४४५ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरुमध्ये एक लाख ८४ हजार ९५२ जना उपचारपछि निको भएका छन् ।

कोरोनाभाइरसका कारण इटालीमा मात्रै १२ हजार ४२८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख नाघेको छ ।

यस्तै, स्पेनमा ९ हजार ५३ जना, चीनमा तीन हजार ३१२, अमेरिकामा चार हजार ५९, फ्रान्समा तीन हजार ५२३, जर्मनीमा ७९३, इरानमा तीन हजार ३६, बेलायतमा एक हजार ७८९, बेल्जियममा ८२८, नेदरल्यान्ड्समा एक हजार १७३, पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ । (एजेन्सी)