Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


पश्चिम नवलपरासीका विभिन्न नाका हुँदै लुकिछिपी नेपाल आउनेक्रम जारी


0
Shares

नवलपरासी, चैत १९ । पश्चिम नवलपरासीका विभिन्न सीमानाकाबाट हुँदै नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन ।

‘लकडाउन’ गरेको ९ दिन बितिसक्दा पनि लुकिछिपी नेपाल आउनेको संख्या घट्न नसकेको प्रहरीले जनाएको छ ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको पश्चिम नवलपरासीमा सबै गाउँपालिका भारतसँग जोडिएका छन् ।

सबैभन्दा बढी बिहारबाट आउनेहरु रहेका छन् । रातिमा लुकिछिपी नेपाल आउने गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

रातिमा खेत र साँघुरा बाटो हुँदै मानिसहरु नेपाल प्रवेश गरिरहेको पाइएको उनले बताएका छन् ।

विदेशबाट आएका वा कोरोनाको संक्रमणको लक्षण देखिएकाहरुलाई उपचारमा बस्न सबै पालिकाले ‘क्वारेन्टाइन’ निर्माण गरेका छन् ।

जिल्लामा २२६ बेडका क्वारेन्टाइन निर्माण गरिएको छ । ८ ओटा ‘आइसोलेसन’ छन् । सबै क्वारेन्टाइनमा बुधबारसम्म १०३ जना बसेका छन् । सबैभन्दा बढी सुस्ता गाउँपालिकामा ३४ जना क्वारेन्टाइनमा छन् ।