Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी व्यक्ति क्वारेन्टाइन बाहिर


0
Shares

पाँचथर । पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी व्यक्ति क्वारेन्टाइन बाहिर रहेका छन् ।

१ सय ४९ जना फर्केकामा करीब ३३ प्रतिशत मानिस कुनै पनि प्रकारको क्वारेन्टाइनमा नरहेको कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्य जिल्ला समन्वय समितिले जनाएको हो ।

जिल्ला आएकामध्ये ५४ जना क्वारेन्टाइनमा, ३५ जना होम क्वारेन्टाइनमा, तीन जना आइसोलेसनमा तथा चार जना मोरङको मिक्जालुङ क्वारेन्टाइनमा रहेका छन् ।

तर भारतसहित अन्य मुलुकबाट आएका सबै नै  क्वारेन्टाइनमा नबस्दा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न नसकेको स्वीकार गर्दै यसका लागि परामर्श गरेर स्थानीय तहहरु नै लाग्नुपर्ने बताए ।