
तस्विर फाइल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न जोड दिनुभएकाे छ ।
विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायका विषयमा समुदाय स्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने उहाँले बताउनुभएको हाे ।
राष्ट्रपति भण्डारीले सातौँ भूकम्प स्मृति दिवसका अवसरमा आज (सोमबार) जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन संघीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहने पनि उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्