
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मुख्य राजनितिक दलले जारी गरेका घोषणापत्रमा निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकका रुपमा अघि सारिएको छ ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको घोषणापत्र निजी क्षेत्रमा आर्थिक विकासको महत्वपूर्ण साझेदारका रुपमा स्वीकार गरिएको छ । संविधानमा समाजवाद उन्मुख अर्थव्यवस्थालाई प्राथमिकता दिएका दलहरू यतिबेला निजी क्षेत्रलाई आर्थिक विकासमा महत्वपूर्ण भूमिका दिनुपर्ने पक्षमा उभिएका छन् ।
दलहरूले अगाडि सारेका यी एजेन्डा चुनावी प्रत्रचार मात्रै बन्ने हुन् वा साँच्चिकै निजी क्षेत्रमैत्री तरिकाले आफ”हरूलाई प्रस्तुत गर्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्