
काठमाडौं । चालु आर्थीक वर्षको नौ महिनासम्ममा ३ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार सरकारले भन्सार विन्दुबाट मात्रै कुल राजस्वको ४७ प्रतिशत राजस्व संकलन गरेको हो ।
चैत मसानतसम्ममा ७ खर्ब ८९ अर्ब रुपैयाँको कुल राजस्व संकलन भएको भन्सार बिन्दुबाट मात्रै ४७.०२ प्रतिशत राजस्व संकलन भएको हो । जुन अघिल्लो महिनाको अनुपात भन्दा कम हो । फागुन महिनामा सो अनुपात ४८.६३ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले आयातमा कडाइ गरेसँगै त्यसको असर राजस्वमा देखिन थालेको हो । अपेक्षित रुपमा आयात नघटे पनि त्यसले राजस्वको अनुपातमा भने केहि असर पारेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्