Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


भरतपुरको दालमोट उद्योगमा आगलागी, झण्डै दुई करोडको क्षति


0
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा न ४ स्थित एक दालमोट उद्योगमा आगलागी भएको छ ।

भरतपुर ४ लंकु धारापानीको शरष फुड इन्डस्ट्रिजमा आज(मंगलबार) बिहान करिब करिव ६ बजे आगलागी भएको स्थानीयले बताएका छन् ।

दमकल, प्रहरी, नेपाली सेना र सशस्त्रको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो अझै पूर्ण नियन्त्रणमा आएको छैन ।

भरतपुर महानगरपालिकाको दुईवटा, खैरहनी नगरपालिका, कावासोती र नेपाली सेनासहित ५ वटा दमकलबाट आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीमा झण्डै दुई करोडको क्षति भएको उद्योगका सञ्चालकको अनुमान छ ।