Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


नेकपाको पहिलो स्थायी कमिटीको बैठक बस्दै


0
Shares

काठमाडौं, असार २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटीको बैठक आज बस्दै छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाको पहिलो स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा अध्यक्षले सम्बोधन गर्नुका साथै पार्टी एकता यताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको थियो ।