Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


नदीमा हामफालेर नेपाल प्रवेश गर्नेहरु प्रहरी नियन्त्रणमा


0
Shares

दार्चुला, चैत १७ । भारत, पिथौरागढका विभिन्न क्षेत्रबाट फर्किएका ३०० भन्दा बढी नेपालीहरु दार्चुला पारी भारतीय सीमा धार्चुलामा अलपत्र परेका छन् ।

पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रबाट फर्किएका ३०० बढी नेपालीहरु तीन दिनदेखि महाकाली नदी पारी अलपत्र परेका हुन् ।

कतिपय महाकालीमा हामफालेर पौडिएर नेपाल प्रवेशसमेत गरेका छन् ।

सोमबार दिउँसो तीनजना पौडेर नेपाल आएकोमा प्रहरीले तत्कालै पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ ।

कोरोनाको संक्रमण फैलिएपछि भारत सरकार र राज्य सरकारले लकडाउन गरेका छन् भने नेपालमा पनि लकडाउन भएकाले उनीहरु प्रवेश गर्न नपाएका हुन् ।

देशभित्र छिर्न नपाएपछि उनीहरुले नाराबाजी गर्दै बसिरहेका छन् ।

तीन दिनको पैदल यात्रा गर्दै उनीहरु धार्चुला आइपुगेका हुन् । उनीहरुले चाउचाउ र बिस्कुट पनि किन्न नपाएको बताएका छन् ।

त्यहाँ रोकिएकाहरुमा सबैभन्दा बढी बैतडीका रहेका छन् ।

यता, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सीमापारि रहेका नेपालीको उद्धारका लागि छलफल र परामर्श भइरहेको तर माथिको आदेश नेपाल प्रवेश गर्न नदिने भन्ने रहेकाले उतै व्यवस्था गर्ने कोसिस भइरहेको बताएका छन् ।