Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गर्नेलाई कारबाही गर्न माग


208
Shares

काठमाडौं । मदन भण्डारी फाउन्डेसनले हेटौंडामा भएको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै फाउण्डेसनले तोडफोडमा संलग्नलाई कारबाही पनि गर्न माग गरेको छ ।

फाउन्डेसकी सचिव पेम्बा लामाले शुक्रबार विज्ञप्ति जारी गर्दै शालिक तोडफोडको छानबिन गर्दै दोषीमात्र कारबाही गर्न माग गर्नुभएको हो ।

‘लोकतन्त्रको उच्चतम अभ्यासको रुपमा रहेको स्थानीय निर्वाचनको प्रकृया सुरु भएसँगै घटेको यो घटनाले लोकतान्त्रिक शक्तिहरुलाई चुनौति दिएको अनुभूति भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको छानविन गरी दोषीलाई कारवाही गर्नका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’