
ओखलढुंगा । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलबीच ओखलढुंगामा दुई दलीय गठबन्धन हुने भएको छ ।
लामो रस्साकसीपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुने भएको हो । ओखलढुंगा जिल्लाका ८ वटा स्थानीय तहमध्ये चिशंखुगढी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रलाई कांग्रेसले समर्थन गर्ने भएको छ ।
६ वटा स्थानीय तहको प्रमुखमा भने कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएको नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो । सहमति अनुसार सिद्धिचरण नगरपालिका तथा चम्पादेवी र मोलुङ गाउँपालिकामा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेदवारी दिने भएको छ । लिखु गाउँपालिकामा भने दुवै दलले प्रमुख र उपप्रमुखमा दावी गर्ने सहमति भएको छ ।
विभिन्न चरणमा छलफल भएपनि ओखलढुंगा जिल्लामा प्रभाव राख्ने जनता समाजवादी र नेकपा समाजवादी पार्टी भने गठबन्धनमा अटाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्