काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०लाई सकस भएको छ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक उम्मेदवार टुंगो नलगाएरै सकेको छ । यसअघि सोमबार बसेको सचिवालय बैठकले बिहीबारको बैठकबाट उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो । उम्मेदवार’दयगत थप अध्ययन गरेर शनिबारको सचिवालय बैठकबाट टुंगो लगाउने निर्णय बैठकले गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
सत्तारूढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट गरेर उम्मेदवार टुंगो लगाउन पार्टीको आन्तरिक तयारीमा जुटेका बेला एमालेले पार्टीका तर्फबाट स्थानीय तहमा बढी प्रभाव भएको उम्मेदबारको खोजीमा छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामा एकै चरणमा हुने निर्वाचन हुँदै छ । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नाम’दयगत छलफल भएको बताउँदै गुरुङले भने, ‘बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यांै । वैशाख १० गते ३ बजे बस्ने बैठकले उम्मेदवारका छनोट गर्ने निर्णय भएको छ ।’
बैठकमा महासचिव शंकर पोखरेलले ६ वटै महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम पेस गरेका छन् । पालिका हुँदै ती नाम सम्बन्धित प्रदेश कमिटीले निर्णय गरेर केन्द्रमा पठाएको थियो । गुरुङका अनुसार बैठकमा सिफारिस भएर आएको उम्मेदवारका आकांक्षी’दयगत थप छलफल एवं जित्न सक्ने व्यक्ति’दयगत अध्ययन हुँदै छ । वीरगन्ज, ललितपुर र भरतपुर महानगरपालिकामा एक जनाको मात्रै नाम सिफारिस भएको छ । अन्यमा भने थुप्रैको नाम आएको उनले बताए । बैठकले शुक्रबार सार्वजनिक हुने चुनावी घोषणापत्र र पार्टी कार्यालय स्थापनाको विषयमा निर्णय गरेको छ । ‘पार्टी स्थापना दिवसको कार्यक्रम’दयगत निर्णय भयो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्