Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


चन्द नेतृत्वको पार्टीका नेता–कार्यकर्तालाई पक्राउ गरेर हत्कडी लगाउनु गलत : बाबुराम


0
Shares

गोरखा, साउन २६ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई अपराधीजस्तो पक्राउ गरेर हत्कडी लगाउनु गलत भएको बताएका छन् ।

शनिबार गोरखामा सन्चारकर्मीहरुसँग उनले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि राजनीतिक शक्ति भएकाले राजनीतिक ढंगले नै समाधान खोज्नुपर्ने तर्क गरे ।

विगतमा पनि आन्दोलनकारीलाई लगाएका सबै आरोप पुष्टि नभएपछि राजनीतिक तरिकाबाटै समाधान गरिएकाले सोही बाटोबाट समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।