३० असार २०८२, सोमबार | Tue Jul 15 2025


लकडाउनका कारण परेको अप्ठ्यारोेका लागि भारतीय प्रधानमन्त्री मोदीले मागे देशवासीसँग माफी


0
Shares

एजेन्सी । लकडाउनका कारण देशवासीमा आउने अप्ठ्याराहरुको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षमा मागेका छन् ।

मनकी बातको सम्बोधन गर्दै मोदीले सबैभन्दा पहिला देशवासीसँग क्षमा माग्न चाहेको बताएका थिए ।

उनले भने, ‘म सर्वप्रथम तपाइहरुसँग क्षमा माग्न चाहान्छु, मेरो आत्मा भन्छ तपाइहरुले पक्कै क्षमा गर्नुहुनेछ ।

किनकी यो समयमा केही यस्तो निर्णयहरु लिन पर्यो जसका कारण तपाइहरु सबैले कठिनाइको सामाना गर्न परिरहेको छ ।’

मोदील सम्बोधन गर्दै भने, ‘कति नागरिक म सँग रिसाएका पनि होलान् यस्तो किन सबैलाइ घरभित्र थुनेर राखेको होला भनेर । तर यो कोरोना विरुद्धको लडाइ हो यसलाई जित्नका लागि हामी घरभित्रै रहनु सबैभन्दा उतम उपाय हो ।’

प्रधानमन्त्री मोदीले मनकी बातमा विभिन्न विषयहरुको सम्बोधन गर्दै आउने गरेका थिए ।

तर आजको सम्बोधनमा उनले कोरोना भाइरसको बारेमा मात्रै सम्बोधन गरेका थिए ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा महामारीको रुपमा फैलिरहेको छ ।

यसको फैलन रोक्नकालागि मोदीले देशमा २१ दिन लकडाउन गरेका छन् ।