काठमाडौं, चैत १५ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले देश ‘लकडाउन’ गरेको शनिबार पाँचौं दिन हो । जसको प्रत्यक्ष प्रभाव काठमाडौंका मुख्य सहर तथा चोकहरुमा परेको छ ।
तर, काठमाडौंको भित्रि भागहरुमा भने तुलनात्मकरुपमा मानिसहरुको चहलपहल हुने गरेको छ ।
राजधानी काठमाडौंका मुख्य चोकहरुमात्र होइन, भित्रि गल्ली तथा चोकहरु पनि सुनसान नै छन् ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको पाँचौं दिन विगतमा मानिसहरुको बाक्लो उपस्थिति हुने असन क्षेत्रमा फाट्फुट्ट मानिसहरुको उपस्थिति देखिएको छ ।
भित्रि बाटोहरुमा प्रहरी निगरानी पनि उत्तिकै छ । मुख्य बाटोको तुलनामा अलिक मानिसहरुले हिँड्डुल गरिरहेका छन् ।
भित्रि क्षेत्रमा भने एक ठाउँमा भेला भएर गफ गर्ने, बालबालिकाहरु खेलकुदमा रमाइरहेको देखियो ।
यता वसन्तपुर क्षेत्रमा भने काठमाडौं महानगरपालिकाले संक्रमणविरुद्ध बच्न औषधि छर्किरहेको देखिन्थ्यो ।
राजधानीका मुख्य सडकहरुमा पनि मानिसको फाटफुट ओहोरदोहोर भइरहेको पाइन्छ । बाटोमा एम्बुलेन्स, खानेपानीलगायतका अतिआवश्यक गाडीहरु देखिए ।
बजार पूरै बन्द भएपनि खाद्यान्न पसलहरु आंशिकरुपमा खुला रहेका छन् ।
बौद्ध तथा कपन क्षेत्रमा भने दिउँसोको समयमा पनि किराना तथा तरकारी पसलहरु आंशिकरुपमा खुलेका थिए ।










प्रतिक्रिया दिनुहोस्