Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


गभर्नर प्रकरणमा समितिले काम थाल्यो


91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बारेमा छानबिन गर्न सरकारले गठन गरेको समितिले काम थालेको छ ।

मन्त्रिपरिषद् बैठकले १२ दिनअघि गभर्नर अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गरेको थियो । समिति गठन सँगै उनी स्वत: निलम्बित भएका हुन् । त्यतिखेरै अधिकारीलाई निलम्बन पत्र दिइएको थियो । तर, यसबीचमा समितिको काम सुरु भएन । सरकार यो प्रक्रिया लम्ब्याउने मनसायमा रहेको बुझेपछि गभर्नर अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबार सर्वोच्च अदालत पुगेका छन् । गभर्नर सर्वोच्च पुगेपछि सरकारलाई बल्ल छानबिन समितिको याद आएको राष्ट्र बैंक स्रोतले जनायो ।

“आइतबार नै गभर्नर अदालत जानु तथा आइतबारै सरकारले गठन गरेको समितिले पनि काम थाल्नु संयोग नै होला”, स्रोतले भन्यो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।