Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बेनीमा कीटनाशक औषधि छरियो


0
Shares

म्याग्दी, चैत १५ । कोरोनाभाइरस नियन्त्रण अभियानअन्तर्गत् शनिबार म्याग्दीको सदरमुकाम बेनीबजारका सडकमा कीटनाशक औषधि छरिएको छ ।

दमकलको प्रयोग गरी बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छरिएको हो ।

सडकहरुमा कोरोना संक्रमित व्यक्तिहरु आवतजावत गरेको हुनसक्ने भएकाले औषधि छरिएको हो ।

बेनीबजार क्षेत्रसँगै मानिसहरुको आवतजावत बढी हुने क्षेत्र र बाक्लो बस्ती भएका स्थानका ग्रामीण सडकहरुमा समेत कीटनाशक औषधि छर्ने योजना रहेको जनाइएको छ ।

Skip This