३० असार २०८२, सोमबार | Tue Jul 15 2025


कोरोना नियन्त्रणमा चीनको संघर्ष


0
Shares

काठमाडौं, चैत १५ । चीनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आएको छ ।

योसँगै २०१९ को डिसेम्बरमा ‘कोभिड–१९’ को पहिलो संक्रमण देखिएको हुबेई प्रान्तको राजधानी वुहान सहरको जनजीवन पनि सामान्य अवस्थामा फर्किन थालेको छ ।

नोभेल कोरोनाभाइरसविरुद्धको जोखिमपूर्ण अवस्थाको एक हप्तापछिको वुहान सहर । जसले मार्च १८ का दिनमा आएर कुनैपनि नयाँ संक्रमण नभएको सन्देश विश्वमाझ प्रवाह गर्‍यो ।

यस्तो सकारात्मक सन्देश प्रवाह गर्नुअघि चीनले संक्रमण नियन्त्रणका लागि विभिन्न प्रभावकारी उपायहरु अपनाएको छ । जुन अझैपनि जारी छ ।

फेबु्रअरी २३ मा राष्ट्रपति सी चिनफिङले भनेका थिए– महामारीविरुद्धको जनयुद्धमा सफलता पाउन कम्युनिस्ट पार्टीको नेतृत्व मजबुत बनाउनुपर्‍यो । यसका लागि हरेक तहमा कार्यकर्ताको आवश्यकता छ । विशेषगरी नेतृत्व वर्गले अग्रसरता लिएर कर्तव्य पूरा गर्नुपर्‍यो ।

यो वर्षको सुरुमा जब वुहानमा भाइरसको संक्रमण व्यापकरुपमा फैलियो, चीनका अन्य सहरमा रहेका अधिकांश चिकित्सक र सहयोगीहरुले कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्न स्वयंसेवीको भूमिका निर्वाह गरे ।

हेनान राज्यको चिकित्सक टोली पनि वुहानमा कोरोना उपचारका लागि निर्माण गरिएको चौथो अस्पतालमा पुगे ।

मार्च १० मा वुहान पुगेर राष्ट्रपति सीले संक्रमण रोकथामका लागि समुदायको महत्वमा विशेष जोड दिए ।

जहाँ जरैबाट संक्रमण रोकथाममा पार्टी संगठनको आवश्यकता थियो र समुदायमा संक्रमण रोक्नका लागि पार्टी सदस्यहरुले निभाउने भूमिका अझै बढी महत्वपूर्ण ।

विगत दुई महिनामा चिनियाँ कम्युस्टि पार्टीका सदस्य फेङ युआनले १३० भन्दा बढी संक्रमितलाई २५०० किलोमिटर पर स्थानान्तरण गरी भाइरस संक्रमणको रोकथाममा लागिपरे ।

चिनियाँ कम्युनिस्ट पार्टीका सम्पूर्ण चिकित्सक सदस्य दिनरात संक्रमितको सुरक्षामा खटिए भने अन्य सदस्यहरु स्वयंसेवक भएर संक्रमण विस्तारबाट जोगाउन ज्यानकै बाजी थापेर हरप्रहर खटिए ।

यस्तो प्रयास संक्रमण नियन्त्रणमा फलदायी सावित भयो ।

पूरै सहर ‘लकडाउन’, स्वास्थ्य जाँचमा कडाइ, अत्यावश्यक खाद्य सामग्री घर-घरमा पुर्‍याउने व्यवस्था, उच्चस्तरको चिकित्सकीय सुविधाजस्ता पक्ष कोरोना संक्रमण नियन्त्रणमा चीनको दरिलो पक्ष सावित भयो ।

चिकित्सकदेखि सामुदायिक सहयोगी, पुलिस अफिसरदेखि सेना, सरकारी अधिकारीदेखि स्वयंसेवकहरु कम्युनिस्ट पार्टीका सदस्यहरुले कोरोनाभाइरसविरुद्ध अग्रगामी भूमिका निभाए ।

संक्रमितको सेवामा समर्पित कतिको भने ज्यान गयो । तर, यही समर्पण, त्याग र संक्रमणविरुद्धको दरिलो अनि भरपर्दो कदम विश्वका निम्ति कोरोना संक्रमण नियन्त्रणको उदाहरण बनेको छ ।

चीन अहिले आफ्नो मुलुकमा संक्रमण नियन्त्रण गरेर विश्वका अरु मुलुकमा सहयोग गर्न थालिसकेको छ । -एजेन्सीको सहयोगमा