Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


६ महानगरपालिकाको मतपत्र अन्तिममा छापिने

झण्डै ५० जिल्लाका ९० लाख मतपत्र छपाइ सकियो

260
Shares

काठमाडौं । निर्वाचन आयोगले ६ ओटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ ।

जनक शिक्षा साम्रगी केन्द्र लिमीटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेको मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा वैशाखको दोस्रो साताबाट मतपत्र छपाइ हुने भएको हो । काठमाडौं, पोखरा लेखनाथ, ललितपुर, भरतपुर, वीरजंग र विराजनगर महानगरपालिकाको छपाइ शुरू भएको छैन् । जनसंख्या बढी भएका ती महानगरपालिकाहरूको उम्मेदवार मनोनयनपछि मात्र मतपत्र छपाइ गर्ने तयारी निर्वाचन आयोगको छ । आयोगले मतपत्रको डिजाइन गरेपछि मात्रै जनक शिक्षालाई छपाइ अनुमति दिने गरेको छ ।

सोहि आधारमा पछिल्लो समय मधेश प्रदेशको मतपत्र शुरू भइरहेको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।