Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कञ्चनपुरमा खाद्य सामाग्री किन्नका लागि २ घण्टा लकडाउन खुकुलो पार्ने


0
Shares

कञ्चनपुर । स्थानीय प्रशासनले बिहान २ घण्टा लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ ।

बिहान ५ बजेदेखि ७ बजेसम्म उपभोग्य वस्तु खरिदका लागि लकडाउन खुकुलो पारिएको हो ।

जिल्ला प्रशासन कार्यालयले बजार क्षेत्रमा रहेका तरकारी, फलफुलका पसलहरुलाई खुलामञ्चमा राखेर संचालन गर्न निर्देशन समेत दिएको छ ।

सामान खरिदका क्रममा हुने भीडभाडलाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपभोक्तालाई पसल अगाडि गोलो घेरा बनाएर लाइनमा राख्ने व्यवस्था गरेका छन् ।

तर पसलहरुमा सर्वसाधारणको भिड लागेको छ ।