प्रदीप पौडेल (इमेज)
पोखरा, साउन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले दुईतिहाइको बलमा बनेको सरकारको क्रियाकलाप अधिनायकतर्फ उन्मुख भएको बताए ।
सरकारका काम र गतिविधि सन्तोषजनक नभएपनि केही समयपछिमात्रै सरकारकाबारेमा थप टिप्पणी गरिने उनको भनाइ थियोे ।
सरकारले सुरुमा केही राम्रा कामको सुरुआत गरेपनि त्यसलाई निरन्तरता नदिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्