काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ रुपैयाँ बराबरको सहुलियत ऋण लिएसँगै नेपालको सार्वजनिक ऋणको भार बढेको छ ।
पछिल्लो समय राजस्वले चालू खर्च धान्न समेत मुस्किल भएपछि सरकारले आन्तरिक तथा बाह्य ऋण लिँदै जादाँ ऋणको अशं क्रमश बढ्दै गएको हो । अर्थमन्त्री जनार्दन शर्माले केहि दिनअघि सार्वजनिक गरेको तथ्यांक अनुसार चैत २८ गतेसम्म ८ खर्ब ७३ अर्ब आन्तरिक तथा ९ खर्ब ८० अर्ब रुपैयाँ बाह्य गरी कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाा पुगेको छ ।
यो आँकडा नेपालको गत आर्थिक वर्षको प्रारम्भिक कुल गार्हस्थ उत्पादनको करिब ४३.४ प्रतिशत हुन आउने अर्थमन्त्री शर्माले बताएका थिए।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्