काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन रु’ नामक पुस्तक आज वैशाख ४ गते सार्वजनिक भएको छ । स्वर्गीय श्रेष्ठले ‘नेपाल किन बनेन रु’ शीर्षकमा लेखेको लेख नै उहाँको जीवनको अन्तिम लेख बन्यो, जो २०७५ साल मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो ।
उहाँको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो ।कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन रु’ उहाँको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवका उपलक्ष्यमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो ।
यात्रा संस्मरणमा उहाँले युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव एवं अनुभूतिहरु समेट्नुभएको थियो भने ‘नेपाल किन बनेन रु’ ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ ।कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरुको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्