 
	    काबुल, चैत १४ । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोनाभाइरस संक्रमितको संख्या अफगानिस्तानमा शुक्रबारसम्म ९१ पुगेको छ ।
थप ११ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि कोभिड–१९ संक्रमित व्यक्ति ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शुक्रबार बताएका छन् ।
अफगानिसतानको हेरात प्रान्तमा आठजना, छिमेकमा रहेको निम्रोज प्रान्तमा दुईजना र पूर्वी नान्गार्हार प्रान्तमा एकजनामा थप संक्रमण देखिएको हो ।
अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोनाभाइरसको संक्रमण देखिएको र सो समयदेखि हालसम्म ९७६ जनालाई कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ । परीक्षणको क्रममा ९१ जनामा कोरोनाभाइरस संक्रमण देखा परेको मयारले बताएका छन् ।
अफगानिसतानमा कोरोनाभाइरस संक्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन उपचारपछि घर फर्किएका छन् । रासस/सिन्ह्वा


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्