Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुने प्रक्रिया अघि बढ्यो : अध्यक्ष दाहाल


234
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरूका विरुद्धमा सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

शुक्रबार विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नेहरूलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्वागत गर्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरूका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताउनुभयो ।

गतवर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताउनुभयो ।

अध्यक्ष दाहालले देशलाई सामाजिक न्याय सहितको समतामुलक बनाउने अभियान माओवादीको रहेको पनि बताउनुभयो ।