 
	    एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या बढ्दै गएको हो ।
गत वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएको बीबीसीले जनाएको छ ।
कोरोनाका कारण विश्वव्यापी रुपमा २३ हजार ७ सय ४० जनाको मृत्यु भइसकेको छ ।
५ लाख २६ हजार संक्रमितमध्ये एक लाख २१ हजार जना उपचारपछि घर फर्किएका छन् ।
यसैबीच चीनका राष्ट्रपति सी चिनफिङले महामारी नियन्त्रणका लागि लकडाउन गर्न दिएको सुझाव अमेरिकाले अस्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा लकडाउन नगर्ने घोषणा गरेलगत्तै संक्रमितको संख्या बढ्न थालेको बताइएको छ ।
अमेरिकामा ८३ हजार ५ सय ४५ जना संक्रमितमध्ये एक हजार दुई सय एक जनाको मृत्यु भएको छ ।
इटालीमा आठ हजार दुई सय १५ जनाको मृत्यु भएको छ भने ८० हजार ६ सय जना संक्रमित भएका छन् ।
यस्तै स्पेनमा ५६ हजार संक्रमितमध्ये ४ हजार एक सय ४५ जनाको मृत्यु भएको छ ।
चीनमा तीन हजार दुई सय ८७ जनाको मृत्यु भएको छ भने ८१ हजार दुई सय ८५ जना संक्रमित रहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्