Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


फोहोरमा राजनीतिः राजधानी सधैं दुर्गन्धित


130
Shares

काठमाडौं । उपत्यकाको फोहोर नउठेको दुई साता भयो। प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले गत मंगलबार एक सार्वजनिक कार्यक्रममा फोहोर नउठ्दा लाजमर्दो अवस्था सिर्जना भएको बताएका थिए। तर पनि फोहोर उठ्ने संकेत देखिँदैन। सर्वसाधारणले त फोहोर नउठ्नुलाई सामान्य रूपमा लिन थालिसकेका छन्।

सरोकारवाला निकायहरू भने एकअर्कालाई दोषी औंल्याउनमै तल्लीन छन्। ठेकेदार कम्पनीले समयमा पूर्वाधार विकासको काम गर्दैन, संघीय र स्थानीय सरकार आपसमा दोष थोपरेर बसेका छन्। त्यसैमा कतैकतै राजनीतिको गन्ध आइरहेको छ। यी सबै परिस्थितिका कारण उत्पन्न समस्याको मारमा छन्, सर्वसाधारण जनता र राजधानीका पर्यटकीय क्षेत्र।

अहिले फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट भरिएको छ। त्यहाँका स्थानीय र सरोकारवाला निकायबीच एक वर्षमा यसको विकल्पका रूपमा बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउने सहमति भएको थियो। यसका लागि आवश्यक सडक कालोपत्रे गर्ने सहमति समेत गरिएको थियो। तर काम गर्नुपर्ने निकायहरू महानगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र भने एकअर्कालाई दोष देखाएर पन्छिने गरेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।