सोलुखुम्बु, चैत १३ । कोरोना संक्रमण पुष्टि भएकी युवतीसँगै कतार एअरवेजको फ्लाइटबाट नेपाल आएका सोलुखुम्बुका चारैजना सम्पर्कमा आएका छन् ।
जसमा सोलुदूधकुण्ड नगरपालिका–९, गोराखानीका मिङमार शेर्पालाई आवश्यक चेकजाँच गरी घरमै ‘क्वारेन्टाइन’को व्यवस्था गरिएको छ ।
पेम्बा शेर्पा, तेन्जिङ, छोम्ग्याल शेर्पा र शान्तबहादुर विक राजधानीमै सम्पर्कमा आएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिए ।
केरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सोलुखुम्बु सदरमुकाममा ४० बेडको क्वारेन्टाइन तयार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्यले सदरमुकामलगायत सबै पालिकामा पर्याप्त क्वारेन्टाइनको व्यवस्था गरिएको दाबी गरेकी छन् ।
सोलुदूधकुण्ड नगरपालिकाले ७४ बेडको सुविधासम्पन्न क्वारेन्टाइनको व्यवस्था गरेको छ ।
वाङछु शेर्पा मेमोरियल अस्पतालमा ५० बेडको क्वारेन्टाइन बनाइएको छ ।
कोरोना संक्रमितलाई तत्काल उद्धार गर्नका लागि नगरपालिकाले चारओटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने १० लाख रुपैयाँको उपचार कोष खडा गरेको प्रमुख शेर्पाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्