Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


घेराबन्दीमा एमाले


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका लागि २०७८ साल प्रत्युपादक रह्यो। एमालेभित्रको किचलोले अध्यक्ष केपी ओली नेतृत्वमा रहेको सरकार ढल्यो, पार्टी पनि विभाजित भयो। एमालेमा आएको विभाजन कांग्रेसका लागि सत्ता यात्राको पुल बन्यो। एमाले संघ र प्रदेश दुवैतिरबाट सत्ताच्युत भयो।

एमालेले प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आफ्नो नेतृत्वमा रहेको सरकार गुमायो। संघीय र प्रदेश सत्ताबाट बाहिरिएपछि एमाले अन्य दलहरूको घेराबन्दीमा पर्‍यो। एमाले सत्ताच्युत भएपछि पाँचदलीय गठबन्धन सत्तामा पुग्यो, जसको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन्।

एमाले अध्यक्ष ओलीले समानान्तर संगठन बनाएको भन्दै माधव नेपालसहित २७ सांसदलाई वैशाख ७ मा स्पष्टीकरण सोधेपछि आन्तरिक विवाद चर्कियो। तर पार्टीमै आन्तरिक संघर्ष गर्ने पक्षमा नेपाल पक्षका कार्यकर्ता उभिए। वैशाख ८ र ९ मा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच २०७७ साल पुस ५ पछि पहिलोपटक होटल मेरियटमा वार्ता भयो तर दुवै आआफ्नै अडानमा रहेकाले अन्ततः पार्टी विभाजनसम्म पुग्यो।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Skip This