
पाँचथर । कतारबाट नेपाल आएको जहाजमा कोरोना संक्रमित युवतीसँगै रहेका पाँचथरका दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ ।
झापा बस्दै आएका एक जना र पाँचथर नवमीडाँडाका एक युवालाई क्वारेनटाइनमा पठाइएको प्रहरीले जनाएको छ ।
दुवैजनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा राखिनेछ । उनीहरुको परिवारलाई भने घरमै क्वारेन्टाइनमा राखिएको छ ।
ती युवासंगै आएका झापाका अर्का एक जनालाई भने घरमै क्वारेनटाइनमा बस्न लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्