Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


शिक्षामन्त्री पौडेल र क्यानडेली राजदूत मकाईबीच शिष्टाचार भेट


156
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसीय महामहिम राजदूत क्यामेरन डिन मकाईसँग शिष्टाचार भेट भएको छ ।

शैक्षिक विकासका लागि मंगलबार मन्त्रालयमा मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टचार भेट भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाइ पुर्याउँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उच्च शिक्षा तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पु¥याउन उहाँको आग्रह छ ।

‘वर्षेनी २ देखि ३ हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन्’, मन्त्री पौडेलले भन्नुभयो, ‘विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिइ आवश्यक दक्ष जनशक्ति व्यवस्थापनमा सहयोग पुग्नेछ ।’

नेपालले विद्यालय शिक्षा क्षेत्रमा रुपान्तरणकारी विकास गर्न १० वर्षे योजना तर्जुमा गरेको बताउँदै मन्त्री पौडेलले यसको सफल कार्यान्वयनमा क्यानडा सरकारबाट सहयोगको अपेक्षा गर्नुभयो ।

महामहिम राजदूत मकाईले शिक्षा र प्राविधिक शिक्षा क्यानडाको पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा पनि शैक्षिक विकासमा सहयोग गर्ने आश्वासन दिनुभयो ।