Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


आयोगले माग्यो कोइरालासँग जवाफ


78
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ ।

आयोगले सोमबार आयोजना गरेको नियमित प्रत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले गत निर्वाचनमा गरेको खर्चको यथार्थसहित सात दिनभित्र नवाफ पेश गर्न उनीलाई ध्यानाकर्षण गराइएको बताए । उनले निर्वाचन खर्चसम्बन्धी विवरणमा डा. कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराए ।

विभिन्न सञ्चार माध्याममार्फत नेता कोइरालाले दिनुभएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।