Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सगरमाथा पदयात्रामा ३ सय बढी पदयात्री अलपत्र


0
Shares

काठमाडौं । सगरमाथा पदयात्रा मार्गमा रहेका ३ सय भन्दा बढी पदयात्री अलपत्र परेका छन् ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अनुसार लुक्लामा मात्र एक सय १९ जना विदेशी पदयात्री अलपत्र अवस्थामा छन् ।

अकस्मात घोषित नेपाल लकडाउनका कारण यातायात, होटेल तथा अन्य सबै सेवा बन्द भए पछि पदयात्री अलपत्र परेका हुन ।

उनीहरु सुरक्षित फिर्तिको प्रतीक्षामा रहेका छन् । अकस्मात घोषणा भएको लकडाउनका कारण यसअघि नै पदयात्रामा निस्किएका पर्यटक अलपत्र परेका हुन् ।

लुक्ला भन्दा माथी विभिन्न स्थानमा २ सय हाराहारी पर्यटक अलपत्र परेको बताइएको छ । स्थानीय प्रशासनले उनीहरुको यकिन तथ्यांक संकलन गरिरहेको जनाएको छ ।

पर्वतारोहणको सिजन भएकाले यसबेला हजारौं पर्यटक सगरमाथा आधार शिविरसम्म पदयात्रा निस्कन्छन् ।

तर, कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष पर्यटकीय गतिविधि प्रभावित भएको छ ।

यस पदयात्रा मार्गमा पासाङ ल्हामु गाउँपालिकाले हरेक पदयात्रीसँग २ हजार रुपैयाँ शुल्क लिने गर्छ ।