३० असार २०८२, सोमबार | Mon Jul 14 2025


रुसमा ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प


0
Shares

एजेन्सी । रूसमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

रसिया टुडेले स्थानीय समय अनुसार दिउँसो सुदूर पूर्वी कुरिल टापु नजिकै भूकम्प गएको जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन् ।

सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ ।