Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


महिला आकांक्षी किन कम ?


52
Shares

पोखरा । वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरै जनाले राखेका छन्। राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा मुख्य पदमा उम्मेदवार बन्न इच्छुक छन्। आकांक्षीहरू आफ्नो पक्षमा पार्टीबाट निर्णय गराउन भेटघाट र दौडधुपमा व्यस्त छन्। राजनीतिक वृत्तसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि उम्मेदवारका आकांक्षीबारे चर्चा हुन थालेको छ। विभिन्न दलबाट पालिकामा उम्मेदवार बन्न चाहनेको लामो सूची छ। तर यो सूचीमा धेरैजसो पुरुष छन्।

महिला आकांक्षीमध्ये एकाधबाहेक अरूको चर्चा पनि कम छ। महिला आकांक्षी भए पनि पुरुषजस्तो खुलेका छैनन्। पोखरा महानगरपालिकाको मेयरमा एमालेभित्र बहालवाला उपमेयर मञ्जुदेवी गुरुङको चर्चा छ। त्यस्तै कांग्रेसभित्र मेयरका लागि सरस्वती गुरुङ चर्चामा छिन्। सरस्वती अघिल्लो पटक मञ्जुदेवीसँग पराजित भएकी थिइन्। अरू दलमा त महिला आकांक्षीको नामै कम सुनिन्छ। मुख्य दलमा महिला आकांक्षी सीमितमात्र खुलेका छन्। अन्य दलमा त महिला आकांक्षी निकै कम छन्। महिला आकांक्षी किन कम भएका हुन् वा के महिलाले उम्मेदवार बन्ने चाहना नै नराखेका हुन् त रु

यस विषयमा महिला नै भन्छन्, ‘प्रमुख दलमा महिला आकांक्षी त छन् तर पुरुषसरह खुल्न सकेका छैनन्। हामीलाई उम्मेदवार बन्नै दिँदैनन् भन्ने खालको सोचाइ महिलामा छ।’ उपमेयर मञ्जुदेवी महिला स्वयंले मुख्य पदमा आफूहरूलाई उम्मेदवार हुन दिँदैनन् भन्ने सोच राखेकैले आकांक्षी कम देखिएको हुनसक्ने बताउँछिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ

Skip This