Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘लकडाउन’को दोस्रो दिन इलाम र कैलाली सुनसान, भारतबाट आएका ६ जना क्वारेन्टाइनमा


0
Shares

इलाम ।  इलाममा ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट झापाको काँकरभिट्टा नाका हुँदै इलाम आएका इलामका ६ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका स्थानका व्यक्तिहरु रहेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।

कोरोनाको महामारी फैलन नदिन सरकारले देशभर लकडाउन गरेको दोश्रो दिन पनि इलामका विभिन्न स्थान सुनसान छन् ।

अत्यावश्यक सेवाका बाहेक सवारी तथा यातायातका साधन चलेका छैनन् भने दैनिक आवश्यक पर्ने तेल, ग्याँस, खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको आपूर्ति अभाव हुन नदिन पुर्व तयारी गरिएको छ ।

साथै बजार तथा मेची राजमार्ग क्षेत्रमा प्रहरी प्रशासनको बाक्लो सख्यामा उपस्थिति रहेको छ ।

यस्तै इलामको पूर्वी सीमा नाका पशुपतिनगरको नाका आज पनि बन्द रहेको छ । पशुपतिनगर आसपासका अन्य नाका पनि बन्द रहेको छ भने जनजीवन सामान्य रहेको छ ।

उता कैलालीमा पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्र्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जिल्लाभरी साढे ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए ।