२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मतदान केन्द्रको स्थलगत अवलोकन


39
Shares

डाेटी। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति डाेटीले मतदान केन्द्रको स्थलगत अवलोकन गरेको छ ।

जिल्लाको शिखर नगरपालिका, जोरायल गाँउपालिका र बडिकेदार गाउँपालिकामा रहेको मतदान केन्द्रको अवलोकन गरिएको हो । यसअघि पूवीचौकी गाउँपालिकामा रहेको मतदान केन्द्रको पनि अवलोकन गरिएको थियो ।

जिल्ला सुरक्ष समिति डोटीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकबहादुर विष्टको नेतृत्वमा प्रहरी प्रमुख शारदाप्रसाद चौधरी, सशस्त्र प्रहरी प्रमुख , नेपाली सेना, अनुसन्धान निर्वाचन कार्यलय लगायतका सुरक्षा समितिका पदाधिकारीहरूले अवलोकन भम्रण गरेका हुन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।