
एजेन्सी । टाइम पर्सन अफ द इयर २०१९ ग्रेटा थनबर्गले आफूलाई कोरोना संक्रमण भएको हुनसक्ने बताएकी छिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो स्टाटस लेख्दै उनी सेल्फ क्वारेनटाइनमा बसेको पनि बताइन् ।
स्वेडेनकी १७ वर्षीया जलवायु अभियन्ता ग्रेटाले युरोप भ्रमणबाट फर्के लगतै आफूलाई थकान, ज्यरो, घाँटीमा संक्रमण र खोकी लागिरहेको बताएकी छिन् ।
उनले आफू दुईहप्ताको क्वारेन्टाइनमा रहेको बताएकी छिन् । ग्रेटालेले कोरोना भाइरसबारे आफूले कुनै चेकजाँच नगरेको भएतापनि जुन लक्षणहरु देखिएको छ त्यसको कारण आफू कोरोनाको चपेटामा परेको बताएकी छिन् ।
उनी नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा समेत परेकी छिन्।
प्रतिक्रिया दिनुहोस्