Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


उम्मेद्वार सिफारिस गर्दा रकम नलिन कांग्रेसको निर्देशन


286
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न निर्देश जारी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिमितका सभापतिलाई आज (आइतबार) लिखित निर्देशन दिँदै उम्मेद्वार सिफारिसमा कुनै पनि रकम माग नगर्न भनेको हो । कतिपय जिल्ला अन्तर्गत मातहतका पार्टी निकायबाट स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त भएको भन्दै केन्द्रको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीको विधान तथा नियमावलीमा क्रियाशील सदस्य तथा लाभको पदमा रहेका पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा लेबी बाहेक अन्य कुनै पनि किसिमको रकम लिन नमिल्ने स्पष्ट व्यवस्था भएको कांग्रेसले जनाएकाे छ।

विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा लेबी लिन, उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन समेत कांग्रेसले निर्देशन दिइएको छ ।