पोखरा । स्थानीय तहको निर्वाचन नजिकिँदै छ। राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन्। आकांक्षी धेरै हुँदा उम्मेदवार चयनको विषय चुनौतीपूर्ण बनेको छ । सामान्यतया वडादेखि नै माथिल्लो तहसम्म सहमति जुटे एकजना र सहमति जुट्न नसके सम्भावित तीन (एक महिला अनिवार्य) उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भनिए पनि आकांक्षी बढी भएपछि १०–१२ जनासम्मको नाम पठाउनुपर्ने बाध्यता आएको दलका नेताहरूको भनाइ छ ।
कांग्रेस कास्कीका सचिव भानु ढकालका अनुसार वडास्तरमा उम्मेदवार सकेसम्म सर्वसम्मत रूपमा तय गर्ने प्रयास भइरहेको छ । सर्वसम्मत हुन नसकेको अवस्थामा एक महिलासहित तीन जनाको नाम माथिल्लो निकायमा पठाउनुपर्ने हुन्छ ।
कांग्रेसले उम्मेदवार चयन गर्ने क्रममा गाउँपालिकाबाट वडाका लागि आएका सम्भावित उम्मेदवारको नाम प्रदेशसभा क्षेत्रमा र प्रदेशसभा क्षेत्रले प्रतिनिधिसभा क्षेत्रमा पठाउँछ । क्षेत्रीय स्तरको बोर्डले बल्ल गाउँपालिकाका वडाध्यक्ष उम्मेदवारको टुंगो लगाउँछ ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्