Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नेकपा एसमा जनलहर बढ्दो


4.7k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर बढ्दै गएको बताएका छन् ।

नेकपा एसद्वारा शनिबार राजधानी काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । उनले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा आफ्नो दल एमालेभन्दा बलियो भएको तर्क राखे ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै अरूले गफ गर्ने तर आफूले काम गर्ने बताए। ‘गफभन्दा काम गरेर देखाउनुस्, जसले तपाईंप्रति जनताको विश्वास आर्जन गर्छ,’ नेपालले भने। उनले नेकपा एसका पक्षमा व्यापक जनलहर आएकाले विरोधीहरूमा तरंग उत्पन्न भएको बताए ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Skip This