Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


गौरीफन्टा नाकामा अलपत्र ९१४ नेपालीलाई भित्र्याइयो


0
Shares

कैलाली, चैत ११ । कैलाली जिल्ला प्रशासनले उच्चस्तरीय समन्वय समितिको निर्णयलगत्तै गौरीफन्टा नाकामा अलपत्र परेकाहरुलाई स्वदेश प्रवेश गराएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दशगजा क्षेत्रमा मंगलबार १९ जिल्लाका ९१४ जनाको स्वास्थ्य परीक्षणपछि नेपाल प्रवेश गराएको जानकारी दिएका छन् ।

नेपाल भित्रिएकाहरुलाई गन्तव्यसम्म पुर्‍याएर स्थानीय तहले ‘क्वारेन्टाइन’मा राख्ने निर्णय भएको बोहराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका १९ जिल्लाका नेपाली नागरिक सोमबार साँझदेखि दशगजा क्षेत्रमा बसेका थिए ।