Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सीमानाकाहरुमा अलपत्र नेपालीलाई प्रवेशको अनुमति, १४ दिन ‘क्वारेन्टाइन’मा


0
Shares

काठमाडौं, चैत ११ । सरकारले नेपाल–भारत सीमानाकाहरुमा अलपत्र परेका नेपालीहरुलाई १४ दिन ‘क्वारेन्टाइन’मा बस्ने शर्तसहित अन्तिमपटकका लागि नेपाल प्रवेश गर्न दिएको छ ।

भारतबाट आएका नेपालीहरु विभिन्न नाकामा ठूलो संख्यामा रोकिएर समस्या उत्पन्न भएकाले उनीहरुलाई शर्तसहित नेपाल प्रवेश गर्न दिइएको हो ।

कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबार दिउँसो बसेको बैठकले अन्तिमपटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।

यस्तै, धुलिखेल, वीर अस्पताल र बीपी कोइराला प्रतिष्ठानमा उपकरण जडान गर्ने निर्णय पनि समितिले गरेको छ ।

यस्तै, कोरोना राहतका लागि जोसुकैले खडा गरेका कोषमा जम्मा हुने रकम एक साताभित्र केन्द्रीय कोषमा जम्मा गर्न भनिएको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए ।

सरकारले कोरोनासँग सम्बन्धित कुनैपनि स्वास्थ्य सामग्री निजी क्षेत्रले आयात गर्न चाहेमा त्यसको अनुमति दिने निर्णय पनि गरेको छ ।