Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नुवाकोटमा ‘लकडाउन’को कार्यान्वयन फितलो


0
Shares

नुवाकोट, चैत ११ । नुवाकोटमा लकडाउनको कार्यान्वयन फितलो देखिएको छ ।

निजी सवारी–साधन र पैदल हिँड्नेहरु प्रशस्त रहेका छन् भने विभिन्न कार्यक्रम र सचेतना अभियान पनि गरिएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघले नै लकडाउन अवज्ञा गर्दै विदुर नगरपालिकाका विभिन्न ठाउँमा मास्क वितरण गरेको छ ।

बट्टार हावाघरमा पेयपदार्थसमेत वितरण गरिएकोमा उद्योग वाणिज्य संघको टोलीलाई जिल्ला प्रशासन कार्यालयले दिउँसो रोकेको थियो ।

संघका अध्यक्षसहितका पदाधिकारी प्रहरी अधिकृत नै लिएर सामग्री वितरणमा बिहानदेखि रहँदै आएको थियो ।

यस्तै, काठमाडौंबाट मोटरसाइकलमा मंगलबार दिउँसोसम्म नुवाकोट भित्रिएका छन् ।

नुवाकोटका भित्रि सडक र ग्रामीण भेगमा निजी सवारी–साधनहरु निर्वाध चलेका छन् ।